मत बराबर भएपछि गोला तान्न जाँदा उम्मेदवार नै बेहोस्

धादिङ, ४ जेठ । धादिङको निलकण्ठ नगरपालिका–६ मा वडाध्यक्षका उम्मेदवारको मत बराबर भएको थियो । विजेताको टुंगो लगाउनका लागि गोला तान्ने क्रममा एक उम्मदेवार बेहास् भएर ढलेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल बोहोस भएर ढलेका हुन् । त्यहाँ मंगलबार बिहान मतगणना सम्पन्न गर्दा रम्तेलको र नेपाली कांग्रेसका उम्मदरवार भूपेन्द्र श्रेष्ठको बराबर ७३८ मत आएको थियो ।
दुई पक्षबीच बैशाख २८ गते राति झपड भएको थियो । झडपको क्रममा कांग्रेसका उम्मेदवार भूपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए ।आक्रमणको आरोपमा माओवादी वडाध्यक्षको उम्मेदवार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार दुवाडीका अनुसार घाइते श्रेष्ठको टाउकोमा चोट लागेका कारण सोमबार मात्रै अप्रेसन भएको थियो ।
अस्पतालमा रहेका श्रेष्ठ र प्रहरी हिरासतमा रहेका रम्तेललाई ल्याएर गोला तान्ने लगाउन खोज्दा रम्तेल बेहोस भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।
रम्तेल बोहोस भएर ढलेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । ब्लड प्रेसर कम भएर ढलेको चिकित्सकले बताएका छन् । स्वास्थ्यमा सुधार आएपछि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


