रसियाको लागि अवस्था पक्कै खराब हुने सेवानिवृत्त रुसी सैन्य अधिकारीको दाबी

एजेन्सी, ४ जेठ । सेवानिवृत्त कर्णेल तथा सैन्य विश्लेषक मिखाइल खोदरनोकले अबका दिनमा रसियाको अवस्था थप खराब हुने जिकिर गरेका छन् ।
आफ्नो टिप्पणीमा उनले भने, ‘रसियाको लागि अवस्था पक्कै खराब हुनेछ । युक्रेनले पश्चिमी देशहरूबाट धेरै सहायता पाइरहेको छ । युक्रेनले आफ्ना १० लाख जनतालाई हतियार हस्तान्तरण गर्न सक्छ ।’
उनले युक्रेनका सैनिकमा आफ्नो मातृभूमिको रक्षा गर्ने भावना अझै बलियो रहेको बताए ।
रुसमा युद्धको असरबारे खोदरोनोकले भने, ‘रुसको अहिलेको राजनीतिक र सैन्य समस्या भनेको यो एक्लो भएको छ । सारा संसार उसको विरुद्धमा उत्रिएको छ ।’
खोदोरोनोकले भने कि सत्य यो हो कि हामीले यो अवस्थालाई सकेसम्म चाँडो समाधान गर्ने प्रयास गर्नुपर्छ ।
उनले भने, ‘हाम्रो विरुद्धमा ४२ देशको संगठन छ भन्ने अवस्थालाई सामान्य मान्न सकिँदैन । यसका साथसाथै हाम्रा स्रोतसाधन, सैन्य शक्ति सीमित छन् भन्ने कुरा पनि बुझ्न जरुरी छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


