जनकपुरधाम, ४ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

ताजा मत परिणाम अनुसार मनोजले ५ हजार ६१ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ३ हजार २३१ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार ४८८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ४०८ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई १ हजार २८३ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८६८ मत पाएका छन् । त्यस्तै, तमलोपाकी बिभा ठाकुरले ४९९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ५ हजार ३९५, नेकपा एमालेकी रूणा झाले ३ हजार ५६४, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ६८० र लोसपाकी रिताकुमारी मिश्रले १ हजार ४९७ मत ल्याएकी छन् ।