लिभरपुलद्वारा साउथह्यामटनमाथि रोमाञ्चक जित

एजेन्सी, ४ जेठ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार रातिको खेलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।
उसले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै घरेलु टोली साउथह्यामटनमाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।
लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनो र जोएल मटिपले गोल गर्दा साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना बन्यो ।
सेन्ट मेरिज स्टेडियममा खेलको १३ औं मिनेटमा रेडमन्डको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो ।
२७ औं मिनेटमा मिनामिनोले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ६७ औं मिनेटमा मटिपले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।
जितसँगै उपाधि सम्भावना जिवितै राखेको लिभरपुल ३७ खेलमा ८९ अंकका साथ दोस्रो स्थानमा रहँदा पराजित साउथह्यामटन समान खेलबाट ४० अंक जोड्दै १५ औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


