कमला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको जित

जनकपुरधाम, ४ जेठ । धनुषाको कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव निर्वाचित भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४७६ मतको अन्तरले उनी निर्वाचित भएका हुन् ।
विशेश्वरले ३ हजार २५७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका पशुपति यादवले २ हजार ७७१ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी शिला देवी मण्डल ३ हजार ३१० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी पुनिता कुमारीले २ हजार ६४६ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


