जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज १९ सय मतले अगाडि, गठबन्धनका लालकिशोर पाँचौ स्थानमा

जनकपुरधाम, ४ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।
ताजा मत परिणाम अनुसार मनोजले ४ हजार ७३ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले २ हजार १७८ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २२३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २१० मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई ९१८ मत प्राप्त भएको छ ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ४ हजार ३४८, नेकपा एमालेकी रूणा झाले २ हजार ३५८, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ४२५ र लोसपाकी रिताकुमारी मिश्रले १ हजार १७५ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


