जनकपुरधाम-२५ को वडाध्यक्षमा कांग्रेसका साह निर्वाचित

जनकपुरधाम, ४ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ मा नेपाली काँग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार चन्देश्वर साह प्यानलसहित निर्वाचित भएका हुन् ।
साह २१७ मतको फराकिलो अन्तरले निर्वाचित भएका छन् । साहले ७०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार मो.कमरूद्दिन ४८९ मतमा सिमित भए ।
त्यस्तै, एमालेकी उर्मिला कुमारी यादवले ४१० र जसपाका जोगेन्द्र पासवानले ३९७ मत ल्याएका छन् ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।
त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् भने वडा नम्बर–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरि विजयी भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


