जनकपुरधाम–६ को वडाध्यक्षमा काँग्रेसका साह प्यानलसहित निर्वाचित

जनकपुरधाम, ३ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ मा नेपाली काँग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार दिनेश साह प्यानलसहित निर्वाचित भएका हुन् ।
साह ५० मतको अन्तरले निर्वाचित भएका छन् । साहले ३३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी लोसपा नेपालका उम्मेदवार ध्रुवकुमार साह २८१ मतमा सिमित भए ।
त्यस्तै, जसपाका बच्चा कवाडीले २४५ मत ल्याएका छन् ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।
त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


