काठमाडौं, ३ जेठ । नेपालमा सोमबारको तुलनामा मंगलबार नयाँ संक्रमितको संख्या दोब्बरले बढेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका १९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १८ र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६५ पीसीआर र ६३२ एन्टिजेन गरी कुल परीक्षण ४ हजार १७९ भएको छ ।

१८ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १४९ रहेको मन्त्रालयले जनाएको छ ।