मतगणना सुरु नहुँदै एक उम्मेदवारको निधन

काठमाडौं, ३ जेठ । मतगणना सुरु नहुँदै ललितपुरका एक उम्मेदवारको निधन भएको छ ।
ललितपुर उपमहानगरपालिका–१४ का वडाध्यक्ष पदका उम्मदेवार रामबाबु महतको निधन भएको हो ।
महतको हृदयघातका कारण निधन भएको जानकारी दिइएको छ । महत यसअघि सोही वडाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबा निर्वाचित भएका थिए ।
यसपटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ेका थिए ।

