काठमाडौं, ३ जेठ । मंगलबार बसेको संसद बैठकमा स्वास्थ्य सम्बन्धी दुई अध्यादेश पेश भएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ संसदमा पेश गरेका हुन् ।

यी दुई अध्यादेश गत वैशाख २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।

सरकारले ल्याएका अध्यादेश संसदको अधिवेश सुरु भएको पहिलो दिनमा संसदमा पेश गर्नुपर्ने कानुनी प्रावधान छ ।