जनकपुरधाम–५ को वडाध्यक्षमा एमालेका बेचन साह निर्वाचित

जनकपुरधाम, ३ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह विजयी भएका छन् ।
साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललितकुमार साहलाई ८ मतको अन्तरले पराजित गरेका छन् ।
बेचनले २९१ मत ल्याउँदा ललितले भने २८३ मत ल्याएका हुन् ।
यसअघि वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।
त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


