अभिनेता राज घिमिरे वडाध्यक्षमा निर्वाचित

काठमाडौं, २ जेठ । अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नम्बर–३ को वडाध्यक्षमा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १ हजार ५९ मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धोन्दी नेकपाका राम आचार्यले १ हजार ४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।
घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।
फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनले केही फिल्म र थुप्रै म्युजिक भिडियो समेत अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


