काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ६ जना र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ५४६ पीसीआर र १ हजार २३९ एन्टिजेन गरी कुल परीक्षण २ हजार ७८५ भएको छ ।

९ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १३९ मात्रै रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टाको संक्रमणदर ०.२५ प्रतिशत रहेको छ ।