पाल्पा, २ जेठ । पाल्पामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् ।

स्वास्थ्यकर्मीद्वय यम चिदी र बिष्णुमाया लुङ्चे मगर माथगाढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिएका छन् ।

उनीहरु दुवै नेकपा एमालेका उम्मदेवार थिए । तिवारीका अनुसार चिदी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको केन्द्रीय सदस्य र उपाध्यक्षमा निर्वाचित लुङ्चेमगर महासंकै जिल्ला सदस्य हुन् ।

छैटौँ तहका सीअहेव चिदी यसअघि स्वास्थ्य बीमा बोर्ड पाल्पाका प्रमुख थिए । चुनाव लड्नका लागि उनले सेवाबाट राजीनामा दिएका थिए । लुङ्चेमगर सीअनमी थिए ।