जनकपुरधाम, २ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित प्यानलसहित विजयी भएका छन् ।

पण्डित आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सुदर्शन सिंहसँग ५ मतको अन्तरले निर्वाचित भएका हुन् ।

पण्डितले ८३३ मत ल्याउँदा सुदर्शनले भने ८२७ मत ल्याएका हुन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार राकेशकुमार सिंहले ३४१, नेकपा एमालेका विन्देश्वर सिंह राजपुतले १७८, जनमत पार्टीका कैलाश भगतले १५३, राप्रपाका विक्रम मुखियाले १४१, तमलोपाकी विन्दु ठाकुरले १२५ र जसपाका राजेन्द्र प्रसाद यादवले १२१ म्त प्राप्त गरेका छन् ।

वडा सदस्यहरुमा भने नेपाली कांग्रेसकै उम्मेदवार प्रसन्न कुमार झाले ९८४ र महेश कुमार साहले ९४७ मत ल्याएका छन् भने महिला सदस्यमा संगिता देवी ठाकुरले १०९३ र दलित महिला सदस्यमा रामपरी देवी चमारले १०१० मत ल्याएर विजयी हासिल गरेका छन् ।

यसअघि वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर– २ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।

त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् ।