२२ वर्षकै उमेरमा राजाबाबु बने गाउँपालिका अध्यक्ष

सर्लाही, २ जेठ । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष पदमा २२ वर्षीय युवक विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका पूर्वसांसद शिवपूजन राय यादवका २२ वर्षीय छोरा राजाबाबु यादव ४ हजार ८१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १ हजार ७०७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गीता देवी ३ हजार ५२३ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले २ हजार ६३७ मत ल्याएकी छन् ।
अध्यक्षमा निर्वाचित राजाबाबु काठमाडौंमा बिबिएसमा अध्ययनरत थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


