काठमाडौं, १ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ९२ जनाको पीसीआर र ९६ जनाको एन्टिजेन गरी कुल २ हजार १८८ जनाको परीक्षण भएको छ ।

१५ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १४२ रहेको मन्त्रालयले जनाएको छ ।