मतगणना गर्दा गर्दै बेहोस भएका एक उम्मेदवारको मृत्यु

धनकुटा, १ जेठ । मतगणना गर्दा गर्दै बेहोस भएका एक उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर–२ मा वडासदस्य निर्वाचित भएका अटल सूर्य मगरको मृत्यु भएको हो ।
उक्त वडाको मतगणना सकिनै लाग्दा मगर बेहोस भएर ढलेका थिए । गाउँपालिकाको केन्द्र राजारानी बजारस्थित मतगणनास्थलमा ढलेका ५२ वर्षीय मगरलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो ।
राति ११ बजे उनको मृत्यु भएको गाउँपालिकाकी एमाले नेतृ यज्ञकुमारी रुचालले जानकारी दिए । मगर एमालेबाट उम्मेदवार थिए । रुचालका अनुसार उनी यसअघि पनि वडासदस्यमा निर्वाचित भएका थिए ।
चिकित्सकले हृदयघातका कारण मृत्यु भएको आशंका गरेका छन् । मतगणना सकिँदा मगरवडा सदस्यमा निर्वाचत भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


