जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन् ।

ताजा मत परिणाम अनुसार मनोजले १ हजार ९१८ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ९१८ मत ल्याएर पछ्याई रहेका छन् ।

लोसपाका मनोज चौधरीले ३११ र सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले २४५ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १ हजार ८७६, नेकपा एमालेकी रूणा झाले ९९६ र लोसपाकी रिता कुमारी मिश्रले ३४१ मत ल्याएकी छन् ।