जनकपुरधाम : मनोजको अग्रता दोब्बरले बढ्यो

जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन ।
ताजा मत परिणाम अनुसार मनोज १ हजार ६७८ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ८९३ मत ल्याएर पछ्याई रहेका छन ।
लोसपाका मनोज चौधरीले २५२ र सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले २३१ मत ल्याएका छन ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १ हजार ६४६, नेकपा एमालेकी रूणा झाले ९५७, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ६१९ र लोसपाकी रिता कुमारी मिश्रले २५१ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


