जनकपुरधाममा तमलोपाको खाता खुल्यो, वडा नम्बर-३ को वडाध्यक्षमा साह निर्वाचित

जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ ।
सो पार्टीबाट वडा नम्बर-३ को वडाध्यक्ष पदमा दोस्रो कार्यकालका लागि पुनः दिपेन्द्र कुमार साह निर्वाचित भएका हुन् ।
तमलोपाबाट उम्मेदवारी दिएका साह २७६ मत ल्याई वडाध्यक्ष बनेका हुन् ।
साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिललाल दाससँग १७ मतको अन्तरले विजयी हासिल गरेका छन् ।
साहका निकटतम प्रतिद्वन्द्वी सुनिलले भने २५९ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


