जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार साहको अग्रता कायमै

जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन ।
ताजा मत परिणाम अनुसार मनोज १ हजार ३७० मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ६४४ मत ल्याएर पछ्याई रहेका छन ।
स्वतन्त्र उम्मेदवार बलराम महतो ४१४, लोसपाका मनोज चौधरी २१५, सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साह १९५ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले १५३ मत ल्याएका छन ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १ हजार ४५४, नेकपा एमालेकी रूणा झाले ७१७, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ४७१ र लोसपाकी रिता कुमारी मिश्रले २२४ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


