जनकपुरधाम, ३१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

शुरुवातदेखि नै अग्रता कायम गरेको मनोजले १ हजार ३८० मतको गणना हुँदा ४९० मत ल्याएका छन् । पाँच दलिय गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले भने ७५ मत मात्र प्राप्त गर्न सकेका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह हिरा रहेका छन् । उनले १६४ मत ल्याएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले १०७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८६ र लोसपाका मनोज चौधरीले ८५ मत ल्याएका छन् ।