निधिको गाउँ नगराइनमा कांग्रेस उम्मेदवार विनयको अग्रता

जनकपुरधाम, ३१ बैशाख । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता कायम गरेका छन् ।
नगराइन नगरपालिका–१ को ताजा मतपरिणाम अनुसार ४३६ मत गन्दा विनयले शुरुवाती अग्रता लिएका हुन् ।
विनयले २१५ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले १५४ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले २२ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले १९४, नेकपा एमालेकी राधा देवी यादवले १६८ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले १४ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


