नगराइनमा कांग्रेसका उम्मेदवार विनयको अग्रता

जनकपुरधाम, ३१ वैशाख । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता कायम गरेका छन् ।
नगराइन नगरपालिका–१ को ताजा मतपरिणाम अनुसार १३६ मत गन्दा विनयले शुरुवाती अग्रता लिएका हुन् ।
विनयले ७९ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ४३ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले ५ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ७३, नेकपा एमालेकी राधा देवी यादवले ४९ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले ५ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


