उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

एजेन्सी, ३० बैशाख । उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएपछि देशभर कडा लकडाउनको घोषणा गरिएको हो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार देशको राजधानी प्योङ्गयाङ्गमा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हो । तर, कति जनामा संक्रमण पुष्टि भएको हो भन्ने विषयमा अहिलेसम्म जानकारी दिइएको छैन ।
कोरोना महामारी सुरु भएदेखि नै उत्तर कोरियाले आफ्ना सबै सीमानाका बन्द गरेको थियो । जसले गर्दा उत्तर कोरियालाई ठूलो आर्थिक समस्याको सामना गनु परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


