लियोनल मेस्सी २०२२ मा सबैभन्दा धेरै कमाउने खेलाडी

एजेन्सी, ३० बैशाख । अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।
फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।
मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।
उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो सूचिमा क्रिस्टियानो रोनाल्डो रहेका छन् भने चौथोमा ब्राजिलियन स्टार नेयमार रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


