संयुक्त अरब इमिरेट्सका शेख खलिफाको निधन

एजेन्सी, ३० बैशाख । संयुक्त अरब इमिरेट्सका शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।
‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ ।
सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए । युएईको शासनका लागि सातै एमिरेटका राजा(अमिर) सम्मिलित एक संघीय सर्वोच्चले परिषद छ र त्यसको अध्यक्ष(राष्ट्रपति) एमिरेटमा सातमध्ये सबैभन्दा ठूलो अबु धावीका अमिर स्वत युएईको राष्ट्रपति हुने व्यवस्था छ । त्यस्तै दोस्रो ठूलो एमिरेट दुबईका अमिर प्रधानमन्त्री हुन्छन् ।
सन् २००४ मा उनका पिता तथा युएईका संस्थापक जायद विन सुल्तान अल नाह्यानको मृत्युपछि खलिफा विन जायाद अल नाह्यान राष्ट्रपति बनेका थिए । तथापि सन् २०१४ मा गम्भिर प्रकारको हृदयघातबाट थलिएर हिँडडुल गर्न नसकेपछि उनका सौतेनी भाइ मोहम्द बिन जायेद बिन सुल्तान अल नाह्यानले उनको सबै काम गर्दै आएका थिए । उनको भूमिका सेरेमोलियलमा सिमित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


