शुक्रबार ७ नयाँ संक्रमित थपिए, १६ जना संक्रमणमुक्त

काठमाडौं, ३० बैशाख । नेपाल पछिल्लो २४ घण्टामा ७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १४८ जनाको पीसीआर परीक्षण गर्दा ७ र २८९ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १९६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ८७३ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १६४ जना सक्रिय संक्रमित रहेका मध्ये सबैजना होम आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


