जनकपुरधाम, ३० बैशाख । जनकपुरधाममा अर्कैको नाममा मत हालिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा २० वर्षीय अमलेश सदा पक्राउ परेका हुन् ।

ग्रामिण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रबाट फर्जी मत खसाइरहेको अवस्थामा वडासदस्य शिवोदेवी सदाका छोरा अमलेश  पक्राउ परेको बताइएको छ । वडासदस्य सदा जसपाबाट निर्वाचित भएकी थिइन् ।

अरूको ठाउँमा मत खसाइरहेको अवस्थामा ती युवकलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।