सर्लाहीमा मतदान अधिकृत पक्राउ

जनकपुरधाम, ३० बैशाख । सर्लाहीमा गलत गतिविधि गर्ने एकजना मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बलरा नगरपालिका–३ स्थित स्वास्थ्य चौकीका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले मतदान अधिकृत साह गलत गतिविधि गरिरहेको उजुरी आएपछि यादवलाई नियन्त्रणमा लिइएको बताए ।
मतदान अधिकृत साहले मतदातालाई चुनाव चिन्ह देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको एसपी पोखरेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


