जनकपुरधाम, ३० बैशाख ।  स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषामा मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मतदान भएको छ ।

आज (शुक्रबार) बिहान ७ बजेदेखि देशभर स्थानीय तह सदस्यका लागि निर्वाचन भइरहेको छ ।

निर्वाचन कार्यालय धनुषाले मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मतदाताले मतदान गरेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदान धनुषामा केही स्थानबाहेक शान्तिपूर्ण रुपले भइरहेको छ ।