जनकपुरधाम, ३० बैशाख । मधेस प्रदेशमा पनि स्थानीय तहको निर्वाचनका लागि मतदान जारी छ ।

प्रदेशको सबै जिल्लामा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

मधेश प्रदेशमा १३६ वटा स्थानीय तह रहेका छन् । सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए ।

मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइनमा बसेका थिए ।

हेर्नुहोस् तस्बिरहरु :