आज स्थानीय तहको निर्वाचन हुँदै

जनकपुरधाम, ३० बैशाख । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरि ७५३ स्थानीय तहमा निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।
आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा १ लाख ९ हजार ८८ हजार कर्मचारी तथा ६५ हजार ८६५ स्वयंसेवक खटेका छन् भने ५ हजार पर्यवेक्षक रहेको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


