फिल्म ‘हनी बनी’ मा कलाकार अभिमन्यु तोमार अनुबन्धित

काठमाडौं, २९ बैशाख । फिल्म ‘हनी बनी’ मा भारतीय कलाकार अभिमन्यु तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले फिल्मको मुख्य अभिनेताको रूपमा उनलाई भित्र्याएको हो ।
केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु रोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिमन्यु रहने निर्देशक भट्टराइले जानकारी दिए । तोमारले हिन्दी गीतका म्युजिक भिडियोमा देखिँदै आएका छन् । २७ वर्षीय अभिनेता तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।
फिल्म ‘हनी बनी’मा तोमारले नेपाली अभिनेत्री जसिता गुरुङसँग फिल्मी रोमान्स गर्नेछन् । सलोन बस्नेतको समेत मुख्य भूमिका रहने फिल्म छायाङ्कनका लागि निर्देशक भट्टराई र अभिनेता सलोन लण्डन पुगिसकेका छन् । अभिनेत्री जसिता पनि लण्डनमै छिन् । अभिमन्यु पनि छिट्टै पुग्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


