एलन मस्कसँग युक्रेनका कमान्डरले गरे भावुक अपिल

एजेन्सी, २९ बैशाख । युक्रेनको मारिउपोलमा रहेको एजोभस्टल स्टिलवर्कमा अन्य लडाकूसँग लुकेका युक्रेनी मरीन कमाण्डरले नीजि रुपमा एलन मस्कसँग मद्दत मागेका छन् ।
उनले एलन मस्कलाई युक्रेनको दक्षिणी सहरबाट सुरक्षित रूपमा बाहिर निस्कन मद्दत गर्न अपिल गरेका छन् । विगत केही सातादेखि रुसी सेनाले उक्त क्षेत्रलाई आफ्नो कब्जामा लिएका छन् र लगातार आक्रमण गरिरहेका छन् ।
सेरी भोलिनाले ट्वीटर पोस्टमा लेखेका छन्, ‘मानिसहरूले तपाईं अर्को ग्रहबाट आउनुभएको भन्छन् र तपाईं जे असम्भव छ, त्यो सम्भव गर्न आउनुभएको पनि भन्छन् ।’
ट्वीटमा थप लेखिएको छ, ‘हाम्रो ग्रह एक–अर्काको नजिकै छ । हाल अहिले म जहाँ छु, त्यहाँ बाँच्न लगभग असम्भव जस्तै छ । हामीलाई अजोवस्तलबाट बाहिर निकाल्न मद्दत गर्नुहोस् । यदि तपाईंले हाम्रो मद्दत गर्नुहुन्नँ भने अरु कसले गर्ला र ? मलाई केही संकेत मात्रै भएपनि दिनुहोस् ।’
अर्को फेसबुक पोस्टमा, भोलिनाले एलन मस्कलाई सुपरम्यानको रूपमा वर्णन गर्दै मद्दतको लागि अपील गरेका छन् ।
यद्यपि, मस्कको यो पोस्टमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


