श्रीलंकाका राष्ट्रपति राजापाक्षेले गरे नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी, २९ बैशाख । श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति राजापाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
बिहीबार उनलाई राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराए । यसअघि पनि प्रधानमन्त्रीको कार्यभार समालिसकेका विक्रमासिंघे श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।
आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।
दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ । आर्थिक संकटका कारण श्रीलंकाका जनता आन्दोलित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


