स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको सहज जित

एजेन्सी, २९ बैशाख । स्पेनिस ला लिगाअन्तर्गत बुधबार रातिको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । ऊ घरेलु टोली इल्चेविरुद्ध २–० ले विजयी भएको हो ।
म्यानुएल मार्टिनेज भ्यालेरोमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन म्याथ्जुज कुन्हा र रोड्रिगो डि पउलले एक/एक गोल गरे । खेलको २८ औं मिनेटमा कुन्हाको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो ।
६२ औं मिनेटमा डि पउलले गोल गरेपछि पाहुना टोलीले २–० को सहज जित निकाल्यो । यो जितसँगै तेस्रो स्थानको एट्लेटिकोले ३६ खेलमा ६७ अंक जोड्दा पराजित इल्चे समान खेलबाट ३९ अंकका साथ १४ औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


