बिहीबार ४ नयाँ संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

काठमाडौं, २९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा ४ र ३५४ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७२ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


