काठमाडौं, २९ बैशाख । सवारी दुर्घटनामा परी नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेतसहित १० जना घाइते भएका छ्न् ।

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इला प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।