जीतपुर–सिमरा उपमहानगरपालिकाको मेयरका उम्मेदवार कँडेल पक्राउ

बारा, २९ बैशाख । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको मेयरका उम्मेदवार पक्राउ परेका छन् ।
झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।
महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएको हो । महतोका अनुसार कँडेलको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।
घाइते न्योपानेको अवस्था सामान्य छ । पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


