ज्याकलिनले नेपालसहित ३ देशमा जान अदालतसँग मागिन् अनुमति

एजेन्सी, २८ बैशाख । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपालसहितका देशको यात्रा गर्नका लागि अदालतसँग १५ दिनको अनुमति मागेकी छन् ।
उनले दिल्ली अदालतमा नेपालसहित आबुधाबी र फ्रान्स यात्राका लागि १५ दिनको अनुमति माग्दै निवेदन दिएकी हुन् ।
उनले नेपालमा १४ जेठ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन उनले अनुमति मागेकी हुन् । साथै उनले आबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स जानका लागि १५ दिनको यात्रा अनुमति मागेकी हुन् । उनको निवेदनमा अदालतले २० मेमा सुनुवाइ गर्नेछ ।
भारतको प्रवर्तन निर्देशनालय(इडी)ले उनलाई देश छोडेर जान रोक लगाएको छ । ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै इडीले ७ करोड २७ लाख भारुको सम्पत्ति जफत गर्दै उनलाई भारत छोड्न रोकेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


