काठमाडौं, २८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा १८ र ७१८ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८६ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।