प्रचारप्रसारको अन्तिम दिन जनकपुरधाममा उम्मेदवारहरूको शक्ति प्रदर्शन (फोटोफिचर)

जनकपुरधाम, २७ बैशाख । स्थानीय तह निर्वाचनको तीन दिन मात्र बाँकी रहेको छ । मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।
मंगलबार चुनावी प्रचारप्रसारको अन्तिम दिन जनकपुरधाममा नगरप्रमुख पदका उम्मेदवारहरु आ–आफ्नो सम्पूर्ण शक्ति खर्चेका छन् ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन आज उम्मेदवारहरुले आफ्नो सम्पूर्ण शक्तिको प्रयोग प्रचारप्रसारमै केन्द्रित गरेका थिए ।
मंगलबार दलहरुले बाजागाजाका साथ भव्य रैली निकालेका थिए । नाचगानका साथै निस्केको रैलीको माध्यमले उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउने प्रयास गरेका थिए । दलहरुको रैलीमा हजारौंको संख्यामा समर्थकहरुको सहभागिता रहेको थियो ।
त्यसै क्रममा स्वतन्त्र उम्मेदवारहरु बलराम महतो, जानकी राम साह, मनोज साह, नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हीरालगायतकाहरुको शक्ति प्रदर्शनमा उल्लेख्य संख्यामा समर्थकहरुको भीड देखिएको थियो ।
आज दिनभर नगरको सम्पूर्ण भाग प्रचारप्रसारमय बनेको थियो । नगरका हरेक उम्मेदवारले दिनभर शक्ति प्रदर्शनमै केन्द्रित थिए ।
सबैले आ–आफ्ना समर्थक सहित नगरभरी परिक्रमा गरेका थिए । प्रायः हरेका उम्मेदवारले जनकपुरधामवासीलाई निस्वार्थ भावले काम गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका थिए ।
हेर्नुहोस् तस्बिरहरु :












तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


