पूर्व खेलाडी विष्टले दिए एन्फा अन्तर्गतको लिग कमिटीबाट राजीनामा

काठमाडौं, २७ बैशाख । पूर्वफुटबल खेलाडी विदुर विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकाले छानबिन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको विष्टले जानकारी दिए ।
हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य–तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


