काठमाडौं, २७ बैशाख । माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।

नेपाली क्याडेट महिला टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।