मंगलबार १३ नयाँ संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं, २७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने १८५ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


