दक्षिण कोरियामा नयाँ राष्ट्रपतिले लिए सपथ

एजेन्सी, २७ बैशाख । युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् ।
राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।
आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् ।
‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । योलले छिमेकी प्योङयाङसँग कडाइ गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


