कपिलवस्तु, २७ बैशाख । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ ।

नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनः उम्मेदवार भएकी थिइन् ।

सोमबार राति श्वासप्रश्वासमा असहज भएपछि उनलाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा उनको राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । कुर्मीको हृदयघातका कारण निधन भएको बताइएको छ ।

निर्वाचन आयोगले उनको निधन भएपछि सो नगरपालिकाको चुनाव स्थगित गर्ने तयारी गरेको छ ।